जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको पटका बरामद गरेको छ। सुरक्षा जाँचका क्रममा प्रहरीले २ हजार ३०० थान पटका नियन्त्रणमा लिई नष्ट गरेको छ। तिहार पर्वलाई लक्षित गरी भित्र्याइएका यस्ता विस्फोटक तथा प्रतिबन्धित पटकाहरूको प्रयोगलाई निरुत्साहित गर्न प्रहरीले सुरक्षा कडा पारेको छ।
बागलुङमा पटका बरामद र नष्ट
प्रहरीले दुई हजार ३०० थान पटका बरामद गरी नष्ट गरेको छ । तस्बिर ः खेमराज गौतम÷रासस