मुख्य भागमा जानुहोस्
NAB.news , गृहपृष्ठ

A Research-Based Media-Tech Platform

हाम्रो बारेमा सेवाहरू अवसरहरू

हाम्रो बारेमा

नव आवाज बिहानी (NAB)

NAB ले समाचार, उपयोगी सार्वजनिक जानकारी र प्रत्यक्ष अवसरलाई एकै ठाउँमा ल्याउँछ। हामी नेपालबाट सुरु गर्दैछौं।

NAB मा अहिले के उपलब्ध छ

  • समाचार

    NAB टोलीले प्रकाशित गरेका समाचार, वर्गअनुसार।

  • उपयोगी सार्वजनिक जानकारी

    व्यावहारिक जानकारी, जस्तै जागिरका नाममा हुने ठगी कसरी चिन्ने र त्यसबाट कसरी बच्ने।

  • Job Connect

    रोजगारदाताले जागिर राख्छन् र जागिर खोज्नेले सिधै आवेदन दिन्छन्। यसमा NAB ले कुनै शुल्क वा कमिसन लिँदैन।

विश्वास र पारदर्शिता

  • हरेक जागिर राख्नुअघि NAB टोलीले जाँच गर्छ। तर यसले रोजगारदाता वा जागिर प्रमाणित भएको जनाउँदैन।
  • रोजगारदाताको सम्पर्क विवरण आवेदन दिनेलाई मात्र देखाइन्छ, र रोजगारदाताले देखाउन रोजेका माध्यम मात्र।
  • Job Connect मार्फत आवेदन दिन वा जागिर पाउन NAB ले कुनै शुल्क लिँदैन। जागिर दिलाउन भन्दै कसैले पैसा मागे नतिर्नुहोस् र NAB लाई जानकारी दिनुहोस्।

ठगीबाट होसियार

Job Connect मा जागिर खोज्न वा पोस्ट गर्न NAB ले कुनै शुल्क लिँदैन।

  • जागिर दिलाइदिन्छु भन्दै पहिल्यै पैसा माग्नेलाई पैसा नदिनुहोस्।
  • नागरिकता, राहदानी वा सक्कली कागज कसैलाई नदिनुहोस्।
  • रोजगारदाताको नाम, ठेगाना र फोन आफैं जाँच्नुहोस्।
  • धेरै राम्रो तलब वा तुरुन्तै विदेश पठाइदिन्छु भन्ने कुरामा होसियार हुनुहोस्।

ठगी रिपोर्ट गर्नुहोस्

शंकास्पद जागिर वा ठगी देख्नुभयो? हामीलाई भन्नुहोस्: info@nab-news.com · ९८५१३१२६५७

रोजगारदाता र जागिर खोज्ने दुवैका लागि

जागिर खोज्नुहोस् वा जागिर पोस्ट गर्नुहोस्। खाता चाहिँदैन, कमिसन लाग्दैन।

NAB बारे थप

नव आवाज बिहानी — राष्ट्रिय मिडिया

  हामी वि.सं. २०७२ देखि सरकारी निकाय, संघ-संस्था र समुदायसँग मैदानमै गएर काम गर्दै आएका छौँ। राजनीति र सुशासन, सामाजिक सचेतना, स्थानीय विकास, रोजगारी र सीप हाम्रो मुख्य विषय हुन्। हामी प्रचार होइन — प्रक्रिया, प्रभाव र वास्तविकता देखाउने मिडिया हौँ। प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागमा दर्ता भएको अनलाइन सञ्चार माध्यम।  

हाम्रो अभियान: रोजगारी र सीपको नाममा गरिब र युवामाथि हुने ठगी कम गर्न मिडियाको पहल। NAB ले जागिर खोज्ने र रोजगारदातालाई बिचौलिया र शुल्कबिना सिधै जोड्छ।

हाम्रा सेवाहरू

  • Documentary

    पेशेवर डकुमेन्ट्री र समाचार कभरेज। स्क्रिप्ट देखि सम्पादन सम्मको पूर्ण सेवा।

    हामी तपाईंको व्यवसाय, संस्था, वा सामाजिक कार्यको प्रोफेशनल डकुमेन्ट्री बनाउँछौं। स्क्रिप्ट लेखन, छायाङ्कन, सम्पादन, र प्रकाशन सम्मको पूर्ण स...

  • Design & Print

    डिजाइनदेखि छपाइसम्म — एकै ठाउँमा।

    व्यवसायिक डिजाइन र प्रिन्टिङ सेवा। भिजिटिङ कार्ड, लिफलेट, ब्रोसर, पोस्टर, ब्यानर, र कर्पोरेट ब्राण्डिङ सामग्री। तपाईंको व्यवसाय र संस्थाका ल...

  • Job Connect

    NAB ले जाँचेर मात्र प्रकाशित गरिने रोजगारीको सूचना। रोजगारदाताले निःशुल्क जागिर विज्ञापन दिन सक्नुहुन्छ; जागिर खोज्नेले कसैलाई पैसा तिर्नु पर्दैन। जागिर दिलाइदिन्छु भन्दै पैसा माग्नेसँग सावधान रहनुहोस् — शंका लागे NAB मा रिपोर्ट गर्नुहोस्।

    NAB ले जाँचेर मात्र प्रकाशित गरिने रोजगारीको सूचना। रोजगारदाताले निःशुल्क जागिर विज्ञापन दिन सक्नुहुन्छ; जागिर खोज्नेले कसैलाई पैसा तिर्नु प...

हाम्रो टोली

  • Shivam Adhikari चलचित्र निर्देशक / लेखक परियोजना सहकर्मी "पञ्चायत, कोपिला लगायतका नेपाली चलचित्रका निर्देशक/लेखक।"

भविष्यका योजना

यी योजना मात्र हुन्। अहिले उपलब्ध छैनन्, र कुनै मिति तोकिएको छैन।

  • कोठा र फ्ल्याटको सूची (आवास)
  • स्थानीय व्यवसायको सूची
  • नेपालबाहिर रहेका नेपाली समुदायका लागि सेवा

सम्पर्क

इमेल
info@nab-news.com
फोन
९८५१३१२६५७
ठेगाना
काठमाडौं, नेपाल

नव

नमस्कार! म नव, NAB को AI सहायक। जागिर, समाचार वा ठगीबारे जे पनि सोध्नुहोस्।

फोन नम्बर, नागरिकता, बैंक विवरण, OTP वा पासवर्ड नलेख्नुहोस्। AI को जवाफ गलत हुन सक्छ — महत्त्वपूर्ण कुरा आफैं जाँच्नुहोस्।